News Desk
भिल्लारियल ४-० ले पराजित, अन्सु फाटीले गरे २ गोल
बार्सिलोना — आश्विन १२, २०७७।
रोनाल्ड कोम्यानको टिम बार्सिलोनाले स्पेनी ला लिगामा भिल्लारियललाई ४–० ले हराउँदै शानदार सुरुवात गरेको छ ।
नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाको यो सानदार सुरुवात हो । किशोर फरवार्ड अन्सु फाटीले सुरुमा दुई गोल गरे । फाटीले खेलको १५औं र १९औं मिनेटमा गोल गरेका थिए । क्लबको एकेडेमीबाट उत्पादन भएका १७ वर्षीय फाटी बार्सिलोनाको सिनियर टिममा दोस्रो वर्ष खेलिरहेका छन् ।
खेलको ३५औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान मेसीले गोलमा परिणत गरे । बार्सिलोनाको चौथो गोल भिल्लारियल डिफेन्डर पउल टोरेसको नाममा आत्मघाती रह्यो ।
यसअघि एटलेटिको म्याड्रिडले ग्रेनेडालाई पनि सजिलै ६–१ ले हरायो र त्यसमा डेब्यु गरिरहेका लुइस स्वारेजले दुई गोल गरे ।
(कान्तिपुर दैनिक)