News Desk
लन्डन — आश्विन १२, २०७७।
जेमी भार्डीले ह्याट्रिक गर्दा लेस्टरले आइतबार म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगमा ५–२ ले हराएको छ । यससँगै टोली अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
लेस्टरको यो लगातार तेस्रो जित हो । उसले तीन खेलबाट नौ अंक जोडेको छ । खेलमा सिटीले सुरुआती अग्रता लिए पनि लेस्टरले उत्कृष्ट पुनरागमन गरेको हो ।
आइतबारको अर्को खेलमा वेस्ट ह्यामले उल्भ्सलाई सजिलै ४–० ले हरायो । सिजनको पहिलो लिगमा जितका लागि जरोड बोवेनले वेस्ट ह्यामका लागि दुई गोल गरे ।
(कान्तिपुर दैनिक)