रोनाल्डोको दुई गोलमा युभेन्टसले रोमालाई बराबरीमा रोक्यो
News Desk
Sep-28 , 2020 तारिख 03:18 बेलुका

रोम — आश्विन १२, २०७७।

क्रिस्टियानो रोनाल्डोले गरेको दुई गोलले १० खेलाडीमा सीमित युभेन्टसले आइतबार इटालीको सिरी ‘ए’ मा एएस रोमालाई २–२ को बराबरीमा रोक्यो ।

रोमाले जोर्डन भेरेटोउटको दुई गोलमा दुई पल्ट अग्रता लिएको थियो । दुवै अवसरमा रोनाल्डोले बराबरी गोल फर्काए । भेरेटाउट र रोनाल्डो दुवैले एक-एक गोल पेनाल्टीबाट गरे ।

युभेन्टसका मिडफिल्डर एड्रियन रेबियट दोस्रो पहेँलो कार्डसँगै मैदान छाड्न बाध्य रहे र युभेन्टस दस खेलाडीमा सीमित रह्यो । युभेन्टसको दुई खेलबाट चार अंक भएको छ ।

यसअघि नेपोलीले जेनोआलाई ६–० र एसी मिलानले क्रोटोनेलाई २–० ले हराएको थियो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको