दुई म्यानचेस्टर क्लब क्वार्टरफाइनलमा
News Desk
Oct-01 , 2020 तारिख 03:12 बेलुका

लन्डन — आश्विन १५, २०७७। 

फेरन टोरेसले गरेको पहिलो क्लब गोलको मद्दतमा म्यानचेस्टर सिटीले बुधबार बर्नलीलाई ३–० ले हराएको छ । यससँगै टोलीले लिगकपको क्वार्टरफाइनल यात्रा तय गर्‍यो । म्यानचेस्टर युनाइटेड पनि ब्राइटनलाई ३–० ले हराएर अन्तिम आठ पुग्न सफल रह्यो ।

पेप ग्वार्डिओलाको सिटी यसअघि लिगमा चेस्टरसँग ५–२ ले पराजित रहेको थियो । त्यसलाई बिर्साउन सिटीले बर्नलीलाई उसकै घरेलु मैदानमा हराएको हो । सिटीका लागि टर्फ मुरमा रहिम स्टर्लिङले दुई गोल गरे ।

सिटी लिगकपका पछिल्ला पाँच संस्करणमध्ये चारवटामा विजेता रहिसकेको छ । बुधबारको अर्को खेलमा एभरटनले वेस्ट ह्यामलाई ३–० ले हरायो । कार्लो एन्सेलोटीको एभरटनको यो नयाँ सिजनमा लगातार छैटौं जित हो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको