'सिरी ए' मा इन्टरको लगातार दोस्रो जित
News Desk
Oct-01 , 2020 तारिख 03:14 बेलुका

मिलान — आश्विन १५, २०७७। 

रोमेलु लुकाकुको दुई गोलमा इन्टर मिलानले बुधबार इटालीको 'सिरी ए' मा आफ्नो शतप्रतिशत जित कायम राख्दै  बेनेभेन्टोलाई सजिलै ४–१ ले हराएको छ । 

इन्टरले लिगका सुरुवाती दुवै खेलमा ‘हाइ स्कोरिङ’ जित निकालेको छ ।

यसअघि उसले फियोरेन्टिनालाई ४–३ ले हराएको थियो । एन्टोनियो कोन्टेको इन्टरलाई उपाधिका होडमा युभेन्ट्सको मुख्य प्रतिस्पर्धा मानिएको छ । बुधबारका अन्य खेलमा एटलान्टाले लाजियोलाई ४–१ ले हरायो ।

लाजियोको घरमै यो हारलाई स्तब्धपूर्ण मानिएको छ । यस्तै अर्को खेलमा स्पेजियाले युडिनेजीलाई २–० ले हरायो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको