बार्सिलोना र सेभिया बराबरीमा
News Desk
Oct-05 , 2020 तारिख 04:16 बेलुका

म्याड्रिड — आश्विन १९, २०७७। 

बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेभियासँग १–१ को बराबरी खेलेको छ । यो नतिजापछि दुवै टिमले लिगमा आफ्नो अविजित यात्रा कायम राखे । 

नु क्याम्पमा सेभियाले लुक डे जङको गोलले अग्रता लिएकोमा बार्सिलोनाका लागि फिलिपे कोउटिन्होले बराबरी गोल फर्काए । जारी सिजनमा कोउटिन्होका लागि यो पहिलो लिग गोल हो ।

यसअघि रियल म्याड्रिडले लेभान्टेलाई २–० ले हराएर शीर्ष स्थान ओगटेको थियो । रियलको चार खेलबाट १० अंक भएको छ । बार्सिलोना र सेभिया दुवैको ७/७ अंक भएको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको