शान्ता बाँस्कोटा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी समिति सदस्यमा मनोनित
News Desk
Jul-08 , 2025 तारिख 10:43 बेलुका

काठमाडौं, असार २० – पाँचथर फिदिम–७ निवासी शान्ता बाँस्कोटा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी समिति सदस्यमा मनोनित भएकी छन्।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट जारी गरिएको पत्रअनुसार बाँस्कोटालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिम दुई वर्षका लागि कार्यकारी समिति सदस्यमा मनोनयन गरिएको हो।

मन्त्रीस्तरको निर्णयअनुसार मिति २०८२ साल असार २० गतेदेखि लागू हुनेगरी उक्त मनोनयन गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

उनी उक्त बोर्डमा पुग्ने पहिलो महिला हुन । बाँस्कोटाको मनोनयनसँगै चिया तथा कफी क्षेत्रको विकास तथा प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास गरिएको छ। 

धेरै पढिएको