ध्रुब​ तिवारीलाई ‘युवा उद्यमी सम्मान २०८२’ प्रदान
News Desk
Jul-11 , 2025 तारिख 03:06 बिहान

काठमाडौं, असार २६ |  राष्ट्रिय नागरिक विकास समाजले ‘युवा उद्यमी सम्मान २०८२’  ध्रुब तिवारीलाई प्रदान गरेको छ।

बागमती प्रदेश नेपाल डेरी एशोसिएसनका उपाध्यक्ष तथा खुशी डेरी उद्योगका सञ्चालकसमेत रहेका तिवारीलाई समाजले गुरु पूर्णिमाको अवसरमा आयोजना गरेको विशेष समारोहमा सम्मानित गरेको हो |

कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास  मन्त्री रामनाथ अधिकारी, समाजका संरक्षक तथा आयुर्वेद विशेषज्ञ राजन प्रसाद घिमिरे (सभापति) र राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेशजंग कुँवर​ले तिवारीलाई सम्मानपत्र प्रदान ग​रेका थिये।

गत एक दशकदेखि कृषि तथा दुग्ध उत्पादनको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका तिवारीले युवालाई स्वदेशमै रोजगारी दिने दृष्टिकोणबाट सञ्चालन गरेका कार्य, नवीन सोच र समर्पणका कारण आर्थिक तथा सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको समाजले जनाएको छ।

नेपाललाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित तिवारी विभिन्न सामाजिक र व्यावसायिक संघ–संस्थामा समेत संलग्न रहँदै आएका छन। कृषि तथा दुग्ध उद्योगमा सक्रिय उनको योगदानलाई अनुकरणीय र प्रेरणादायी रूपमा लीएको छ।

धेरै पढिएको