काठमाडौँ जेसिज अध्यक्ष श्याम कुमार घिमिरेलाई "सफल कृषि उद्यमी सम्मान २०८२" प्रदान
News Desk
Jul-11 , 2025 तारिख 05:44 बेलुका

काठमाडौँ, असार २६ – काठमाडौँ जेसिजका अध्यक्ष तथा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव श्याम कुमार घिमिरे ‘सफल कृषि उद्यमी सम्मान २०८२’ बाट सम्मानित भएका छन्।

गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष कार्यक्रमका क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले एक भव्य समारोहबीच घिमिरेलाई उक्त सम्मान प्रदान गरेका हुन्।

दीर्घकालदेखि कृषि तथा डेरी क्षेत्रको प्रवर्द्धनमा सक्रिय रहँदै आएका घिमिरे विभिन्न सामाजिक संस्थासँग आबद्ध रहँदै आएका छन्। सम्मान ग्रहणपश्चात घिमिरेले कृतज्ञता व्यक्त गर्दै भने, “यो सम्मानले मलाई अझ रचनात्मक र समाजोपयोगी कार्यहरू गर्न थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको छ।”

समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

धेरै पढिएको