कभानी म्यानचेस्टर युनाइटेडमा
News Desk
Oct-06 , 2020 तारिख 03:13 बेलुका

लन्डन — आश्विन २०, २०७७। 

म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्वस्ट्राइकर एडिसन कभानीलाई सोमबार अनुबन्ध गरेको छ । उनी विना कुनै मूल्य म्यानचेस्टर भित्रिएका हुन् । उरुग्वेका ३३ वर्षीय अन्तर्राष्ट्रिय खेलाडीले गत जुनमा पीएसजी छाडेका थिए ।

अहिले भने उनले म्यानचेस्टरसँग एक वर्षको अनुबन्ध गरेका छन् । उनले ५ सय ५६ क्लब खेलमा ३ सय ४१ गोल गरेका छन् । पीएसजीका लागि खेल्दै उनले ३ सय १ खेलमा दुई सय गोल गरेका छन् ।

यस्तै उनले १ सय १६ पल्ट उरुग्वेका लागि खेल्दै ५० गोल गरेका छन् । पीएसजीमा छँदा नेयमारसँग मतभेद भएपछि उनले क्लब छाडेका हुन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)

धेरै पढिएको