नेपाल ‘ए’ ले आसाम क्रिकेटसँगको पाँच दिवसीय टी-ट्वान्टी सिरिज जित्यो
News Desk
Sep-02 , 2025 तारिख 11:05 बिहान

नेपाल ‘ए’ ले आसाम क्रिकेटसँगको पाँच दिवसीय टी-ट्वान्टी सिरिज जितेको छ ।  आज नेपाल ‘ए’ले असामलाई ४४ रनले पराजित गरेसँगै श्रृङ्खला ३-२ले जितेको हो । खेलिएको ४ सिरिजमा २-२ को बराबरी खेलेका दुवै टिम सिरिज आफ्नो पक्षमा पार्न दवावमा थिए ।

नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ‍३९ बलमा उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाएका थिए ।

धेरै पढिएको