आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनायो
News Desk
Nov-10 , 2025 तारिख 06:16 बेलुका

 नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार उक्त सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैँयाले बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

धेरै पढिएको