नेपालका वाणिज्य बैकहरूको खूद मुनाफा आर्थिक वर्षको पहिलो त्रैमासमा १८ प्रतिशतले घटेको
News Desk
Nov-11 , 2025 तारिख 05:05 बेलुका

अत्यधिक रकम थुप्रिएर नगद तरलताको सामना गरिरहेका नेपालका वाणिज्य बैकहरूको खूद मुनाफा यस आर्थिक वर्षको पहिलो त्रैमासमा १८ प्रतिशतले घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।

जेनजी आन्दोलन, चाडवाड र वर्षा तथा बाढीपैह्रोले कारोबार घट्दा खुद नाफा घटेको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यस वर्ष नाफा घटेको देखिएको हो ।

असोज यता कर्जाको माग ठप्प रहेको भएपनि कर्जाको सावाँ ब्याज तिर्ने क्रम भने जारी रहेको बैकरहरूले बताएका छन् । पुरानो ऋण तिरेपनि नयाँ ऋण लिएर उद्यम गर्ने उत्साह हाल नदेखिएको उनीहरूको भनाइ छ ।

धेरै पढिएको