बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि
News Desk
Nov-13 , 2025 तारिख 05:33 बेलुका

बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन रु दुई लाख ४४ हजार ३०० र चाँदी रु तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

धेरै पढिएको