स्पेन र जर्मनी विजयी
News Desk
Oct-11 , 2020 तारिख 03:21 बेलुका

म्याड्रिड — आश्विन २५, २०७७। 

मिखेल आयोरजबलको एक मात्र गोलमा स्पेनले नेसन्स लिगमा शनिबार स्विट्जरल्यान्डलाई १–० ले हराएको छ । यो जितपछि स्पेन आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ ।

रियल सोसिडाडका फरवार्डले १४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसयता लुइस एनरिकेको टिमले थप आक्रमण बुने पनि गोल गर्न सकेन् ।

यस्तै अर्को खेलमा जर्मनीले नेसन्स लिगको आफ्नो पहिलो जितका लागि युक्रेनलाई २–१ ले हरायो । किभको ओलम्पिक स्टेडियममा भएको खेल हेर्न २० हजार दर्शकलाई अनुमति दिइएको थियो । ७० हजार दर्शक क्षमताको रंगशालामा ३० प्रतिशतलाई प्रवेश गर्न दिइएको हो ।

जोचिम लोको जर्मनीले प्रतियोगिताका यसअघिका छ खेलमा जित निकाल्न सकेको थिएन । सातौं खेलमा प्राप्त जितमा म्याथिस जिन्टर र लियोन गोरेट्ज्काले गोल गरे । रुस्लान मिलिनोभ्स्कीले पेनाल्टीमा युक्रेनका लागि एक गोल फर्काए ।

(एजेन्सी/कान्तिपुर दैनिक)

धेरै पढिएको