फ्रान्स र पोर्चुगलबीच बराबरी, इंग्ल्यान्डले बेल्जियमलाई हरायो
News Desk
Oct-12 , 2020 तारिख 04:19 बेलुका

पेरिस — आश्विन २६, २०७७। 

फ्रान्सले यूईएफए नेसन्स लिगमा आइतबार घरेलु मैदानमा पोर्चुगलसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ । विश्व च्याम्पियन र युरोपेली च्याम्पियनबीचको खेल अपेक्षाअनुसार कमजोर र फिक्का रह्यो ।

दुवै टिमले पूरा खेल अवधिमा एक/एक मात्र आक्रमण बुन्न सकेन । अर्को शक्तिशाली टिम इटालीले पनि पोल्यान्डसँग गोल रहित बराबरी खेलेको छ । तर इटालीको लगातार १८ खेलको अपराजित यात्रा भने कायम रह्यो ।

दिनको सबैभन्दा ठूलो सफलता भने इंग्ल्यान्डको नाममा रह्यो र उसले बेल्जियमलाई २–१ ले हरायो । बेल्जियमले रोमेलु लुकाकुको गोलले अग्रता लिएयता इंग्ल्यान्डका तर्फबाट वेम्बलीमा मार्कस रसफोर्ड र मेसन माउन्टले गोल गरे ।

(एजेन्सी/ कान्तिपुर दैनिक)

धेरै पढिएको