इंग्लिस प्रिमियर लिग : दुवै म्यानचेस्टर विजयी
News Desk
Oct-18 , 2020 तारिख 02:32 बेलुका

म्यानचेस्टर — कार्तिक २, २०७७। 

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनललाई १-० ले हराएको छ । त्यसमा रहिम स्टर्लिङले एक मात्र गोल गरे । सिटीको चार खेलबाट सात अंक भएको छ ।

यस्तै शनिबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४–१ ले पराजित गर्‍यो । यसअघि टोटनहमसँग ६–१ ले पराजित भएयता युनाइटेड यो प्रभावशाली जित निकाल्न सफल भएको हो ।

यो जितपछि ओले गन सोल्सारको युनाइटेडको चार खेलबाट ६ अंक भएको छ र अझै १४ औं स्थानमा रहेको छ । यसअघि चेल्सीले साउथह्याम्पटनसँग ३–३ को बराबरी खेलेको थियो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको