उल्भ्सले हरायो लिड्सलाई
News Desk
Oct-20 , 2020 तारिख 04:00 बेलुका

लन्डन —   कार्तिक ४, २०७७।

राउल जिमिनेजको प्रहारले ठूलो ‘डिफ्लेक्सन’ लिएपछि उल्भ्सले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सले लिड्स युनाइटेडलाई १–० ले हरायो । लिड्स मिडफिल्डर केल्भिन फिलिप्सको टाउकोमा लागेर बलले ७० औं मिनेटमा पोस्टको दिशा लिएको थियो ।

लिड्सले घरमा भएका खेलमा बलमाथि बढी नियन्त्रण राखे पनि निर्णायक आक्रामण भने बुन्न सकेन । यो सिजन आफ्नो घरेलु मैदानमा लिड्सको यो पहिलो हार हो ।

लिगको अर्को खेलमा वेस्ट ब्रुम र बर्नलीले गोलरहित बराबरी खेले । यस नतिजासँगै दुवै टिम सिजनको पहिलो जितका लागि अझै संघर्षरत रहेका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको