सहज जितसँगै चेल्सी तेस्रो स्थानमा
News Desk
Nov-08 , 2020 तारिख 03:22 बेलुका

लन्डन — कार्तिक २३, २०७७। एजेन्सी

लयमा फर्केको चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार सेफिल्ड युनाइटेडलाई ४–१ ले हराउँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

स्टायनफोर्ड ब्रिजमा चेल्सीले पुछारमा रहेको सेफिल्डमाथि सहज जित निकालेको हो ।

पाहुना टिमले डेविड म्याकगोल्डरिकको गोलले आश्चर्यजनक रूपमा अग्रता लिएयता पहिलो हाफमा चेल्सीका लागि टमी अब्राहम र बेन चिलवेलले गोल गरे । दोस्रो हाफमा कप्तान थिएगो सिल्भा र टिमो वार्नरले गोल गरे ।

सिल्भाले गरेको गोल क्लबका लागि उनको पहिलो रह्यो । लिगको शनिबारकै अर्को खेलमा वेस्ट ह्यामले फुलहमलाई १–० ले हरायो । थोमस सुसेकले वेस्ट ह्यामका लागि इन्ज्युरी समयमा निर्णायक सावित गोल गरे ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको