बार्सिलोनाको जितमा मेसीको दुई गोल
News Desk
Nov-08 , 2020 तारिख 03:26 बेलुका

बार्सिलोना — कार्तिक २३, २०७७। एजेन्सी

लियोनल मेसीले बेन्चबाट आउँदै दुई गोल गरेपछि बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा रियल बेटिसलाई ५–२ ले हराएको छ ।

यससँगै लिगमा बार्सिलोनाको चार खेलको जितविहीन यात्रा पनि टुंगिएको छ ।

क्याटलान क्लबका लागि एन्टोन ग्रिजमन, पेड्री र ओसमन डेम्बेलेले पनि गोल गरे । बेटिसका तर्फबाट भने एन्टोनियो सानाब्रिआ र लोरेन मोरोनले गोल गरे । खेलको अन्त्यतिर बेटिस १० खेलाडीमा सीमित रहेको थियो । बेटिसका एसा मान्डीले रातो कार्ड पाए ।

यो जितपछि बार्सिलोनाको सात खेलबाट ११ अंक भएका छ र आठौं स्थानमा उक्लेको छ । एटलेटिको म्याड्रिड १७ अंकसहित शीर्ष स्थानमा छ । एटलेटिकोले अर्को खेलमा कार्डिजलाई ४–० ले हरायो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको