भ्यालेन्सियासँग ४-१ ले हार्‍यो रियल म्याड्रिड
News Desk
Nov-09 , 2020 तारिख 04:52 बेलुका

म्याड्रिड — कार्तिक २४, २०७७। (एजेन्सी)

भ्यालेन्सियाका फरवार्ड कार्लोस सोलेरले तीन पटक पाएको पेनाल्टीमार्फत ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार स्तब्धपूर्ण ४–१ को हार बेहोरेको छ ।

असाधारण सावित खेलमा रियलले करिम बेन्जेमाको गोलले अग्रता लिएको थियो ।

त्यसको जवाफमा सोलेरले पहिलो गोल गरेयता राफेल भारानेले आत्मघाती गोल गरे । त्यसपछि सोलेरले दुई गोल थपे । सन् २०१८ मा बार्सिलोनासँग ५–१ ले हारेयता रियलको यो सबैभन्दा खराब पराजय हो ।

यो खेलपछि रियल आठ खेलबाट १६ अंकमा चौथो स्थानमा रह्यो । रियल सोसिडाड भने २० अंकसहित शीर्ष स्थानमा छ । सोसिडाडले अर्को खेलमा ग्रेनेडालाई २–० ले हराएको थियो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको