आर्सनलमाथि भिल्लाको तीन गोल
News Desk
Nov-09 , 2020 तारिख 04:56 बेलुका

लन्डन —कार्तिक २४, २०७७। (एजेन्सी) 

एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई उसकै घरेलु मैदानमा ३–० ले हराएको छ । भिल्लाका लागि ओली वाटकिन्सले दुई गोल गरे ।

आर्सनल बुकायो साकाको आत्मघाती गोलले पछाडि परेपछि वाटकिन्सले दुई गोल थपेका हुन् । लिगमा प्रभावशाली सुरुआत लिएको भिल्ला पछिल्ला दुई खेलमा लिड्स युनाइटेड र साउथह्याम्पटनसँग पराजित रहेको थियो । अहिले आर्सनललाई हराएरपछि उसको १५ अंक भएको छ ।

लिग तालिकामा लेस्टर सिटी १८ अंकसहित शीर्ष स्थानमा छ । उसले उल्भ्सलाई १–० ले हराएको थियो । लिभरपुल र म्यानचेस्टर सिटीबीचको अर्को खेल १–१ को बराबरीमा टुंगिएपछि लेस्टरको शीर्ष स्थान कायम रहेको हो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको