News Desk
फिरमिनोको निर्णायक गोल
रियो डे जेनेरियो — कार्तिक २९, २०७७।
रोबर्टो फिरमिनोको निर्णायक गोलमा ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिबार भेनेजुएलालाई १–० ले हराएको छ ।
लिभरपुलका खेलाडी फिरमिनोले ६७ औं मिनेटमा खेलको एक मात्र गोल गरे । यो जितपछि ब्राजिलको छनोटमा शतप्रतिशत प्रदर्शन कायम रह्यो ।
ब्राजिल तीन खेलबाट नौ अंकसहित १० टिम सम्मिलित छनोटको शीर्ष स्थानमा रहेको छ ।
अन्य खेलमा उरुग्वेले कोलम्बियालाई ३–० र चिलीले पेरुलाई २–० ले हरायो । कोलम्बियाली भूमिमा प्राप्त उरुग्वेको महत्त्वपूर्ण जितमा एडिसन कभानी, लुइस स्वारेज र डारविन नुनेजले गोल गरे । यस्तै चिलीले पेरुविरुद्ध हात पारेको जितमा अरटुरो भिडालले दुवै गोल गरे । भिडालले खेलको २०औं र ३५औं मिनेटमा गोल गरेका थिए ।
(कान्तिपुर दैनिक)