सोसिडाडको लगातार छैटौं जित
News Desk
Nov-23 , 2020 तारिख 03:05 बेलुका

म्याड्रिड —  मंसिर ८, २०७७। एजेन्सी

स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडले आइतबार राति लिगमा लगातार छैटौं जित हात पारेको छ ।  सोसिडाडले काडिजलाई १–० ले हराएको हो ।

सोसिडाडका लागि एलेक्जान्डर इस्कले दोस्रो हाफको मध्यतिर निर्णायक गोल गरे ।

यो जितपछि शीर्ष स्थानमा सोसिडाडको पकड अझ बलियो भएको छ र उसको १० खेलबाट २३ अंक भएको छ । दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडमाथि उसलाई तीन अंकको अग्रता प्राप्त छ ।

तर बाक्स क्लबले एटलेटिकोको तुलनामा दुई खेल बढी खेलिसकेको छ । काडिज भने १४ अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । माथिल्लो डिभिजनमा उक्लेयता उसले घरमा जित हात पार्न सकेको छैन ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको