बार्सिलोना काडिजसँग पराजित
News Desk
Dec-06 , 2020 तारिख 04:33 बेलुका

म्याड्रिड — मंसिर २१, २०७७। रोयटर्स

बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार काडिजको हातबाट २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ । सन् १९९१ यता काडिजले बार्सिलोनालाई हराएको यो पहिलो पल्ट हो । उसका लागि अल्भारो नेग्रेडोले निर्णायक गोल गरे ।

यो सिजन बार्सिलोनाको लिगमा चौथो हार हो र यससँगै टिम १० खेलबाट १४ अंकमा सीमित रह्यो । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग १२ अंकको दूरी हो । एटलेटिकोले भने अर्को खेलमा रियल भालाडोलिडलाई २–० ले हरायो ।

थोमस लेमार र मार्कोस लोरेन्टले गोल गरे । एटलेटिकोको यो लगातार सातौं जित हो र उसको १० खेलबाट २६ अंक भएका छ । शनिबारको अर्को खेलमा रियल म्याड्रिडले सेभियालाई १–० ले हरायो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको