News Desk
वेलिङटन — मंसिर २१, २०७७। रोयटर्स
न्युजिल्यान्डले वेस्ट इन्डिजमाथि आइतबार पहिलो टेस्टको चौथो दिन कीर्तिमानी इनिङ्स र १ सय ३४ रन अन्तरको जित निकालेको छ । लञ्च अगाडि नै न्युजिल्यान्डको जित सम्भव भएको हो ।
न्युजिल्यान्डले जेरेमी ब्ल्याकउड र अलजारी जोसेफको प्रतिरोध तोडेपछि जित सम्भव भएको हो । वेस्ट इन्डिजमाथि यो न्युजिल्यान्डको अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको जित हो ।
यसअघि सन् १९९९ मा न्युजिल्यान्ड इनिङ्स र १ सय ५ रनले विजयी रहेको थियो । अहिलेको जितसँगै न्युजिल्यान्डले दुई टेस्टका शृंखलामा १–० को अग्रता लिएको छ । वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा २ सय ४७ रन बनाएर अलआउट भयो ।
(कान्तिपुर दैनिक)