युभेन्ट्सको डर्बी जित
News Desk
Dec-06 , 2020 तारिख 05:19 बेलुका

मिलान —मंसिर २१, २०७७। रोयटर्स

डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले शनिबार इटालीको सिरी ए मा छिमेकी टुरिनमाथि २–१ को नाटकीय डर्बी जित आत्मसात् गरेको छ । एक गोलले पछाडि रहेको स्थितिमा युभेन्ट्सले हेडबाट समान खाले दुई गोल गरे ।

टुरिनले निकोलस एनकोलोको गोलले अग्रता लिएइता वेस्टन म्याकेन्जीले ७८ औं मिनेटमा बराबरी गोल फर्काए । खेल सकिन एक मिनेट बाँकी छँदा लियोनार्डो बोनुचीले निर्णायक गोल गरे ।

यो जितपछि युभेन्ट्सको १० खेलबाट २० अंक भएको छ र तेस्रो स्थानमा रह्यो । दोस्रो स्थानमा उक्लिनका लागि इन्टर मिलानले अचरफ हाकिमीको दुई गोलको मदतले बोलोग्नालाई ३–१ ले पन्छायो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको