गौतम बुद्ध कप क्रिकेट हुने
News Desk
Dec-06 , 2020 तारिख 05:22 बेलुका

काठमाडौँ — मंसिर २१, २०७७।

गौतम बुद्ध कप क्रिकेट हुने भएको छ । चैतमा कोभिड–१९ को प्रकोप बढेयताको यो पहिलो घरेलु राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ । धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंसिर २७ देखि ३० गतेसम्म प्रतियोगिता हुनेछ ।

वाग्मती प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग मिलेर आयोजना गर्न लागेको प्रतियोगिताको स्वरुप कस्तो हुने खुलाइएको छैन । तीन टिम बनाएर प्रतियोगिता आयोजना हुनेछ र त्यसमा हाल नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चार खेल हुनेछ । वाग्मती प्रदेश र भरतपुर महानगरपालिकाको सहयोगमा हुने प्रतियोगितालाई क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले व्यवस्थापन गर्नेछ । कोभिड–१९ का कारण सबै सावधानी अपनाएर प्रतियोगिता गरिने वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको