News Desk
लन्डन — मंसिर २२, २०७७। एजेन्सी
सन ह्वेङ–मिन र ह्यारी केनले गोल गरेपछि टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई २–० ले हराएको छ । उत्तरी लन्डन डर्बीमा प्राप्त यो जितसँगै टोटनहम अंक–तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
यो जितपछि जोसे माउरिन्होको टोटनहमको ११ खेलबाट २४ अंक भएको छ । सिजनको पहिलो लिग खेल गुमाएयता टोटनहम अपराजित रहेको छ ।
कमजोर प्रदर्शन गरिरहेको आर्सनल भने १३ अंकसाथ १५ औं स्थानमा छ । आइतबारकै अर्को खेलमा मोहम्मद सलाहले एक गोल गर्दै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि लिभरपुलले उल्भ्समाथि सजिलो ४–० को जित निकाल्यो । यो जितपछि लिभरपुलको पनि २४ अंक भएको छ । टोटनहम गोल अन्तरले शीर्ष स्थानमा रहन सफल भएको छ ।
(कान्तिपुर दैनिक)