News Desk
म्याड्रिड — मंसिर २२, २०७७। एजेन्सी
रियल सोसिडाडले आइतबार स्पेनी ला लिगामा १० खेलाडीमा सीमित एलाभेससँग गोलरहित बराबरी खेलेको छ । एलाभेसको रक्षापंक्ति तोड्न नसकेपछि सोसिडाड अंक–तालिकाको शीर्ष स्थानमा उक्लिन पनि असफल रह्यो ।
यसै नतिजाका कारण एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा कायम रह्यो । एलाभेसले भने ६१औं मिनेटमा मिडफिल्डर रोडरिगो बाटागलियालाई सिधा ‘रेड कार्ड’मा गुमाएको हो ।
१२ खेलबाट २५ अंक जोडेको सोसिडाड दोस्रो स्थानमा छ । दस खेल मात्र खेलेको एटलेटिकोको भने २६ अंक छ । आइतबारकै अर्को खेलमा भिल्लारियल र एल्चेले पनि गोलरहित बराबरी खेले ।
(कान्तिपुर दैनिक)