ब्राइटनमाथि साउथह्याम्पटनको जित
News Desk
Dec-08 , 2020 तारिख 03:51 बेलुका

लन्डन — मंसिर २३, २०७७। एजेन्सी

साउथह्याम्पटनले एक गोलले पछाडि रहेको स्थिति उल्ट्याएर इंग्लिस प्रिमियर लिगमा सोमबार राति ब्राइटनलाई २–१ ले हराएको छ । पारम्परिक दक्षिणतटीय प्रतिद्वन्द्वीबीचको खेलमा ब्राइटनले पास्कल ग्रसको गोलमा अग्रता लिएको थियो ।

त्यसयता साउथह्याम्पटनका लागि जानिक भेस्टगार्ड र ड्यानी इन्ग्सले गोल गरे । इन्ग्सले ८१औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् । यो नतिजापछि साउथह्याम्पटनको ११ खेलबाट २० अंक भएको छ ।

यससँगै क्लब लिग तालिकाको पाँचौं स्थानमा उक्लन सफल पनि भएको छ । ब्राइटन भने १० अंकसहित १६औं स्थानमा रह्यो । यो रेलिगेसन क्षेत्रबाट चार अंकको दूरी मात्र हो ।

(राज्यदैनिक)

धेरै पढिएको