इंग्ल्यान्डको दक्षिण अफ्रिका भ्रमण रद्द
News Desk
Dec-08 , 2020 तारिख 04:05 बेलुका

केपटाउन — मंसिर २३, २०७७। एजेन्सी

इंग्ल्यान्डको दक्षिण अफ्रिका भ्रमण सोमबार रद्द गरिएको छ । केही खेलाडी कोरोना भाइरसबाट संक्रमित पाइएपछि भ्रमण नै रद्द गर्ने निर्णय गरिएको छ ।

दक्षिण अफ्रिकाका एक खेलाडी र टिम बसेको होलका दुई कर्मचारीमा कोभिड–१९ संक्रमण पाइएको थियो ।

यस्तै इंग्ल्यान्डका दुई खेलाडी पनि संक्रमित भएका अपुष्ट समाचार आएको थियो । त्यसैले तीन खेलको ट्वान्टी-२० शृंखलापछि हुन लागेको तीन खेलको वान डे शृंखला रद्द गरिएको हो । खेलाडीको मानसिक र शारीरिक सुरक्षालाई ध्यानमा राखेर भ्रमण रद्द गरिएको भनिएको छ ।

इंग्लिस टिमका दुई खेलाडीको अन्तिम नतिजा अझै आएको छैन् र उनीहरूको फेरि परीक्षण गर्ने भएको छ । यो परीक्षणको नतिजा नआएसम्म इंग्लिस टिम दक्षिण अफ्रिकामै रहनेछ र इंग्ल्यान्ड फर्कने छैनन् । दुवै देशका क्रिकेट बोर्डले वान डे शृंखलालाई फेरि समय मिलाएर खेलाउने योजना रहेको बताएका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको