पार्थिवले गरे संन्यास घोषणा
News Desk
Dec-10 , 2020 तारिख 04:28 बेलुका

मुम्बई — मंसिर २५, २०७७। रोयटर्स

भारतीय टिमका पूर्व विकेटकिपर पार्थिव पटेलले बुधबार सबैखाले क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् । भारतका लागि १७ वर्षको उमेरमा डेब्यु गर्ने अवसर पाएका पार्थिवले ट्विट गर्दै संन्यास लिएको बताएका हुन् ।

अहिले ३५ वर्ष पुगेका पार्थिवले भारतका लागि २५ टेस्ट, ३९ वान डे र दुई ट्वान्टी–ट्वान्टी खेलेका छन् । उनले भारतका लागि अन्तिम पटक सन् २०१८ मा खेलेका थिए । त्यति बेला जोहानसबर्गमा भएको दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा उनले अन्तिम पटक मौका पाएका थिए ।

उनले सन् २००२ मा इंग्ल्यान्ड भ्रमणका क्रममा भारतबाट डेब्युको अवसर पाएका थिए । उनले ट्विटमा लेखेका छन्, ‘आजदेखि मैले सबै प्रकारको क्रिकेटबाट संन्यास लिएँ, यससँगै मेरो १८ वर्षको खेलाडी जीवनमा पूर्णविराम लागेको छ । म सबैप्रति आभारी छु ।’

उनले कुल १ सय ९४ पटक पहिलो श्रेणीको क्रिकेट खेलेकोमा ११ हजार २ सय ४० रन बनाएका छन् । यसमा २७ शतक सामेल छ । इन्डियन प्रिमियर लिगमा उनले मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरका लागि खेले ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको