News Desk
लन्डन — मंसिर २८, २०७७। रोयटर्स
चेल्सीको १७ खेलको अपराजित यात्रामा शनिबार पूर्णविराम लागेको छ । एभरटनले इंग्लिस प्रिमियर लिगमा उसलाई १–० ले हरायो । शनिबार नै म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको खेल भने निराशाजनक गोलरहित बराबरीमा टुंगियो ।
यसको अर्थ टोटनहम २४ अंकसहित शीर्ष स्थानमा कायम रह्यो । लिभरपुलको पनि समान अंक छ । चेल्सी विजयी रहेको भए शीर्ष स्थान उक्लिने अवसर हुने थियो, तर गेल्फी सिगार्डसनले गुडसन पार्कमा गरेको एक मात्र गोलको मद्दतले एभरटन विजयी रह्यो ।
जितपछि एभरटन २० अंकमा सातौं स्थानमा उक्लेको छ भने चेल्सी २२ अंकमा तेस्रो स्थानमा रह्यो । युनाइटेड आठौं स्थानमा छ भने सिटी उसको ठीक पछाडि छ । शनिबारको अर्को खेलमा न्युकासल युनाइटेडले वेस्ट ब्रुमलाई २–१ ले हरायो र १७ अंकसहित ११ औं स्थानमा रह्यो ।
(कान्तिपुर दैनिक)