म्याड्रिड डर्बीमा रियल विजयी
News Desk
Dec-13 , 2020 तारिख 04:33 बेलुका

म्याड्रिड — मंसिर २८, २०७७। रोयटर्स

रियल म्याड्रिडले डर्बी खेलमा शनिबार एटलेटिको म्याड्रिडलाई २–० ले हरायो र आफू किन स्पेनी ला लिगा च्याम्पियन हो भनेर देखायो । अंक तालिकाको शीर्ष स्थानमा रहेको एटलेटिकोले यससँगै सिजनको अपराजित यात्रा पनि गुमाएको छ ।

रियलले कासेमिरोको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । यसक्रममा एटलेटिका सिजनका ११ खेलमा पहिलो पल्ट पछाडि परेको थियो । जिनेदिन जिदानलाई स्थिति सजिलो बनाउन जान आबलाकले आत्मघाती गोल गरे ।

हारका बाबजुद एटलेटिको अझै २६ अंकमा पहिलो स्थानमा छ । रियल भने छिमेकी क्लबसँगको दूरी घटाएर तेस्रो स्थानमा उक्लेको छ । उसको २३ अंक छ । डिएगो सिमोनीको क्बलले रियलको तुलनामा एक खेल भने कम खेलेको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको