कोरोना अपडेटः विश्वभर दुई लाख ५८ हजार भन्दा बढिको मृत्यु
Devil Singh Rajput
May-06 , 2020 तारिख 07:48 बिहान

काठमाडौं, बैशाख २४ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या संसारभर दुई लाख ५८ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनिक गर्दे आएको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ५८ हजार ७ पुगेको जनाइएको छ।

त्यस्तै, आजसम्म संसारभर ३७ लाख २४ हजार एक सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १२ लाख ३९ हजार आठ सय ८३ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको छन् ।

धेरै पढिएको