टोटनहमलाई हराउँदै लिभरपुल शीर्षस्थानमा
News Desk
Dec-17 , 2020 तारिख 03:24 बेलुका

लन्डन — पुस २, २०७७। एजेन्सी

रोबर्टो फिरमिनोले ९० औं मिनेटमा हेडबाट गरेको गोलमा लिभरपुलले बुधबार टोटनहमलाई २–१ ले हराएको छ । यससँगै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिषएको छ।

यो नतिजापछि टोटनहमको लगातार ११ खेलको अपराजित यात्रा पनि टुंगिएको छ । लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता खोलेको हो ।

लिभरपुलको २८ अंक भएको छ भने टोटनहम २५ अंकमा दोस्रो स्थानमा छ । दुवैले १३ खेल खेलेका छन् । साउथह्याम्पटन र लेस्टर सिटीको २४ अंक छ । लिभरपुलले मोहम्मद सलाहको गोलमा अग्रता लिएको थियो तर सन ह्वेङ–मिनले टोटनहमका लागि बराबरी गोल फर्काए ।

बुधबारका अन्य खेलमा साउथह्याम्पटनले आर्सनललाई १–१ को बराबरीमा रोकेर तेस्रो स्थानमा पुग्यो । एभरटन भने चौथो स्थानमा रहेको लेस्टर सिटीमाथि २–० को जित निकाल्दै पाँचौं स्थानमा पुग्यो । वेस्ट ह्याम र क्रिस्टल प्यालेसबीचको खेल १–१ को बराबरीमा टुंगियो भने लिड्सले न्युकासललाई ५–२ ले पन्छायो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको