नेकपा स्थायी कमिटी बैठक आज बसेर स्थगित हुने
Devil Singh Rajput
May-13 , 2020 तारिख 01:22 बेलुका

काठमाडौं, बैशाख ३१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ। पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान ११ बजे बस्ने गरी वैठक बोलाइएको स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले जानकारी दिए।

नेता रायमाझिले आगामी आर्थिक वर्षको बजेट र सीमा विवादलाई लिएर बैठक बोलाइएको र बैठक आज एक दिन वसेर स्थगीत हुने बताएका छन् ।

आजको बैठकलाई महत्वका साथ हेरिएको छ। कोरोना महामारीका बीच पार्टी्भित्र चर्किएको किचलो व्यवस्थापन नहुँदै भारतसँगको सीमा विवादको मुद्दा सतहमा आएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्थायी कमिटी बैठक बोलाएका थिए ।

वैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय वैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।

धेरै पढिएको