परीक्षणबिनै ४२ सय नेपाल भित्रिए
News Desk
May-22 , 2020 तारिख 01:08 बेलुका

काठमाडौं, जेठ ९ । भारतका विभिन्न सहरबाट फर्किएकाहरू स्वास्थ्य परीक्षणबिनै सीमा नाकाबाट भित्रिइरहेका छन् । भारतले प्रवासी कामदारलाई लक्षित गरेर रेल सेवा सुरु गरेपछि स्वदेश फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ ।

भारतबाट फर्किएकामध्ये धेरैमा संक्रमण पुष्टि भइरहेका बेला बाँकेको जमुनाह नाकाबाट मात्रै ३ हजार ५ सय जना परीक्षणबिनै प्रवेश गरेका छन् ।त्यस्तै, कैलालीको गौरीफन्टा नाकाबाट बुधबार राति ७ सय ५८ जना परीक्षणबिनै नेपाल भित्रिएका आजको कान्तिपुर दैनिकले खवर छापेको छ ।

धेरै पढिएको