वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि
News Desk
Mar-25 , 2021 तारिख 06:21 बेलुका

वाग्मती - चैत १२

वाग्मती, मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुने छ ।

गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर–११, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, वाग्मती युवा क्लब सर्लाही, बिर्तामोड युनाइटेड र अफ्रिकन रुट् एशोसिएशन क्यामरुन गरी आठ टोली सहभागी हुने आयोजकले जनाएको छ । खेलको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख प्राप्त गर्ने बताइएको छ । रासस

धेरै पढिएको