गायक ओमकृष्ण श्रेष्ठको 'हेरन' बोलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)
News Desk
Mar-29 , 2021 तारिख 06:51 बेलुका

काठमाडौँ — चैत्र १६, २०७७। 

गायक ओमकृष्ण श्रेष्ठको आवाज रहेको नयाँ गीत  ‘हेरन’  सार्वजनिक भएको छ। 

सार्वजनिक गीतमा दिपक आरजेको शब्द तथा संगीत  रहेको छ। 

अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत संगीतमा लागि परेका श्रेष्ठले सन् २००२ मा पहिलो गीत रेकर्ड गराएका थिए। 

निकेश खड्काले निर्देशन गरेको गीतको  भिडियोमा निराजन प्रधान र आचल शर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई बुद्द थापा र हर्सि सिंहले छायांकन गरेका छन् भने, प्रविन श्रेष्ठको सम्पादन र कलर समाबेस रहेको छ। गीत निर्माणमा  एस पिपुल एजुकेसन र हर्बोउर कलेजले सहकार्य गरेका छन्।

धेरै पढिएको