बंगबन्धु कपः पोल्याण्डमाथि नेपाली कबड्डी टोलीको जित
News Desk
Mar-31 , 2021 तारिख 01:13 बेलुका

काठमाडौं —  चैत्र १८, २०७७। 

बंगलादेशमा भइरहेको बंगबन्धु कप इन्टरनेशनल टुर्नामेन्टमा नेपाली राष्ट्रिय कबड्डी टोलीले पोल्याण्डमाथि जित निकालेको छ ।

बुधबार भएको खेलमा नेपालले पोल्याण्डमाथि २१ अंकले जित हात पा¥यो । नेपालले ४० अंक ल्याउँदा पोल्याण्डले १९ अंक मात्र जोड्न सक्यो । नेपाल अर्को खेलमा केन्यासँग भिड्नेछ ।

केन्या र श्रीलंकालाई हराएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्नेछ । मंगलबार भएको खेलमा नेपाल बंगलादेशसँग १४ अंकले पराजित भएको थियो ।

प्रतियोगितामा बंगलादेशसहित नेपाल, पोल्याण्ड, केन्या र श्रीलंकाको सहभागिता छ । फाइनल खेल अप्रिल २ मा हुनेछ ।

धेरै पढिएको