क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु, कोरोना परिक्षण हुन बाँकि
News Desk
May-27 , 2020 तारिख 12:28 बेलुका

कञ्चनपुर, जेठ १४ । दिनभर क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक जना वडा अध्यक्षको वेलुका मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको हो।

वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएर ढल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ।

धेरै पढिएको