मेसीको उत्कृष्ट गोल तर अर्जेन्टिना बराबरीमा रोकियो
News Desk
Jun-15 , 2021 तारिख 12:11 बेलुका

रियो डे जेनेरियो — असार १, २०७८ ।

लियोनल मेसीले फ्री किकबाट उत्कृष्ट गोल गरे पनि अर्जेन्टिना कोपा अमेरिकाको समूह ‘ए’ को खेलमा चिलीसँग  १–१ को बराबरीमा रोकिएको छ । 

पहिलो हाफमा मेसीले फ्री किकबाट गोल गरेपछि एडुवार्डो भारगासले चिलीका लागि बराबरी गोल फर्काए । यसबीच आरटुरो भिडालको पेनाल्टी प्रहार गोलमा परिणत हुन सकेन ।

खेल सुरु हुनुअघि दिवंगत फुटबल हस्ती अर्जेन्टिनाका डिएगो म्याराडोनाप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । म्याराडोनाको सम्झनामा प्रकाशको आकर्षक संयोजनसहितको प्रस्तुति दिइएको थियो । विश्व फुटबलका महान् खेलाडी म्याराडोनाको ६० वर्षको उमेरमा गत नोभेम्बरमा निधन भएको थियो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको