जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी
News Desk
Jun-16 , 2021 तारिख 11:43 बिहान

म्युनिख — असार २, २०७८। एजेन्सी

म्याट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले युरो- २०२० मा जर्मनीलाई १–० ले हराएको छ । हुमेल्सले २० औं मिनेटमा बललाई आफ्नै पोस्टमा प्रहार गरे र यो नै निर्णायक गोल रह्यो ।

दुई युरोपेली महाशक्तिबीचको खेलमा जितका लागि फ्रान्स भने पूर्णत: हकदार रह्यो । दोस्रो हाफमा केयलिन एमबापे र करिम बेन्जेमाको गोललाई अफ साइडका कारण मान्यता दिइएन ।

यस्तै एडरिन राबोटको प्रहार पोस्टमा लागेको थियो । यो नतिजापछि समूह एफ मा फ्रान्स गोल अन्तरले दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई ३–० ले हराएको पोर्चुगल समूहको शीर्ष स्थानमा छ ।

(कान्तिपुर दैनिक)
 

धेरै पढिएको