रेडियो झापामा रेडियोकै इतिहासमा पहिलो रेडियो रियालिटी प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुदै
News Desk
Nov-26 , 2021 तारिख 05:12 बेलुका

काठमाडौँ — मंसिर १०, २०७८। 

प्लानेट मल्टिमेडिया इन्टरनेसनल र रेडियो झापाको संयुक्त आयोजनामा स्टार आर्जे नामक प्रतियोगिता संचालन हुने भएको छ। यो स्टार आर्जेको दोस्रो संस्करण हो। यसको पहिलो संस्करण गतबर्ष सम्पन्न भएको थियो। पछिल्लो बर्ष कोरोना महामारीको कारण लकडाउनले गर्दा ओझेलमा परेको साथै बृहत योजना हुँदाहुँदै पनि सो अनुसार प्रतियोगिता संचालन गर्न धेरै बाधाहरुका कारणले धेरैकुरा समेट्न नसकेको आयोजकको भनाई रहेकोछ। तर यो पटक भने परिस्थिति अनुकुल रहेको कारण स्टार आर्जेको दोस्रो संस्करण बृहत र उच्चस्तरका साथमा सम्पन्न गर्ने तयारी भैरहेको पनि आयोजकले जनाएको छ।

रेडियो टिभी तथा मेडिया क्षेत्रमा आफ्नो भबिष्य खोज्नेहरुको लागि यो एउटा राम्रो मंच हुनसक्छ। आयोजकका अनुसार मिडिया क्षेत्रमा जो जतिले आफ्नो करियर बनाउन चाहनुहुन्छ ति सबैको लागि लक्षित गरियो प्रतियोगिता संचालन गरिएको हो। यो प्रतियोगिता एउटा खुल्ला प्रतियोगिता भएको कारणले कुनैपनि हदबन्दि तोकिएको छैन। कुनैपनि उमेरसमूह या इच्छुक जो कोहिले यसमा सहभागिता जनाउन सकिन्छ।

यस प्रतियोगिता बारे जानकारी दिने क्रममा प्रतियोगिता मुलत दुईभागमा बिभाजन गरिएको छ। पहिलोभागमा आबेदन दिईसकेर सहभागी सबैलाई बिभिन्न विधामा प्रशिक्षणहरु दिईनेछ। जसमा कार्यक्रम उद्घोषण, कार्यक्रम उत्पादन, समाचार वाचन, समाचार लेखन, समाचार सम्पादन, समाचार संकलन, प्राबिधिक तालिम, बिज्ञापन उत्पादन तथा संकलन तथा बजारब्यबस्थापन जस्ता संचारमा ध्यामसंग सम्बन्धित अरुधेरै बिषयमा प्रशिक्षण दिईनेछ। प्रशिक्षणपछि प्रशिक्षणबाट प्राप्त ज्ञानलाई रेडियोमार्फत प्रस्तुतगर्न पर्नेहुन्छ र जुन प्रतियोगीको प्रस्तुति उत्कृष्ट रहन्छ सो प्रतियोगी बिजयी घोषित गरिने प्रतियोगिताको ढांचा रहेको आयोजकले जानकारी दिनुभयो।

प्रतियोगितामा जम्मा ४५ जनालाई मात्र सहभागी गरिने पनि आयोजकबाट जानकारी दिईएको छ। यदि ४५ जनाभन्दा बढी आबेदन आएको खण्डमा भने सबै आबेदकहरु लाई अडिसनमा सहभागी गराई सम्पूर्ण आबेदकबाट ४५ जना छनौट गरि प्रशिक्षनामा समाबेस गरिने छ।
सहभागितालागि आबेदन दिने समयावधि भने यहि मङ्सिर मसान्तसम्म मात्र रहेको र सो समयभित्र इच्छुकले आबेदन दीइसक्नपर्ने छ भने तालिम भने पुषमहिनामा शुरु गरिने आयोजकले जानकारी दिएका छन।

तालिमको लागि भने धेरै अनुभबी व्यक्तित्वहरु रहेको छ। जसमा लामो समयदेखि कान्तिपुर टेलिभिजनमा समाचारवाचकको रुपमा काम गरिरहनुभएका रुपेशश्रेष्ठ, एभिन्युज टेलिभिजनमा समाचारवाचक रहिसकेका संचारकर्मी उत्तम रिजाल, आर्जेभिजे साथै कार्यक्रम उद्घोषिका तृष्णा उपाध्याय रेग्मी, लेखक तथा कलाकार शंकर चापागाईं (धनकुटेकान्छा) लगायत अन्य अनुभवी व्यक्तिहरु रहेका छन्। एक महिना लामो चल्ने यस प्रतियोगितामा भने सहभागीले पाँच भिन्न बिषयमा आफ्नो प्रस्तुति दिनपर्ने हुन्छ जसबाट आफुले सिकेका सबै विधा आफ्नो प्रस्तुतिबाट अब्बलहुन सकेकोखण्डमा प्रतियोगिताको बिजेता बन्न सक्नेछ। प्रतियोगिताको स्वरुप अनुसार यसकार्यक्रमको बिजेताहरुले १ लाखभन्दा बढीको पुरस्कारसंगै विभिन्न अवसरहरु प्रदान गर्ने आयोजकले तयारी गरेको छ।