उमेश बोहराका कर्मका पाटा : भिजिट भिसामा अफगानिस्तानदेखि अर्गानिक पसलसम्म
News Desk
Aug-28 , 2025 तारिख 07:47 बेलुका

काठमाडौं । अहिले राजधानी काठमाडौंको अनामनगरमा अर्नी भान्छा घर सञ्चालन गर्दे आएका उमेश बोहराको कलिलै उमेरमा कर्मका पाटाहरु परिवर्तन भइरहेका छन् । पछिल्लो समय चर्चा पाइरहेको भिजिट भिषामा देशका युवा युरोपमा अघोषित रुपमा बिक्री गर्ने राज्य संयन्त्रको ‘ कमाउ ’ धन्दामा बोहरा पनि नफस्ने कुरै भएन । युरोप जाने भनेर दलाललाई १५ लाख रुपैयाँ बढी ठगिएका उनी अन्ततः देशमै केही गर्ने सोचका साथ अग्र्यानिक सामान हुम्ला, जुम्लासमेतका जिल्लाबाट ल्याएर राजधानीबासीलाई खुवाउँदै छन् । बैतडीको सिगास गाउँपालिकामा २०४५ सालमा जन्मिएका उमेशले काठमाडौंको रत्नराज्य क्याम्पस पढ्दै व्यापारी बन्ने सोच राखेँ । स्वयम्भूमा कम्युनिकेसन पसल खोलेर ४ वर्ष त्यहीँ बिताए । त्यसपछि पटकपटकको प्रयासमा भिजिट भिषामा पुगेँ । ४ वर्ष त्यतै बिताएपछि १२ वर्षअघि नेपाल फर्केर फ्रि भिषाका लागि छनोट हुन राजधानीमा रहेका प्राय सबै मेनपावरमा अन्तरवार्ताका लागि धाए । भिजिट भिषामा दुवई पुगेर त्यहाँ ३ वर्ष बिताए । भिजिट भिषा पाउन र युरोप पस्ने चक्करमा दलाललाई १५ लाख रुपैयाँ खुवाएर पीडित बन्न पुगेको बताए । नेपाल फर्केर कास्कीको पोखरामा पोल्ट्री फर्म पनि चलाए । त्यहाँ कुखुरामा रोग देखिएपछि ५ हजार कुखुरा मरेको र सबै लगानी डबेपछि लकडाउनको पूर्वसन्ध्यामा राजधानी आए । अनि गुजाराका लागि पठाउ चलाउन थालेको बोहराले बताए । 

त्यसपछि ‘ हाम्रो टिम नेपाल ’ भन्ने संस्थासँग जोडिएर लकडाउनमा निःशुल्क खाना वितरण गर्न थालेँ । बिहान ४ बजे उठेर १० बोरासम्म चामल पकाउने र खान नपाउनेहरुलाई वितरण गर्ने उनी र उसको टिमको दैनिकी थियो । यो टिममा पोखरा घर हुने हाल बेलायतमा बस्ने इशा गुरुङले साथ दिईन् । यो टिममा पूर्व सचिव भिम उपाध्याय पनि जोडिए । यसरी दाताले दिएको रकमबाट चामल र अन्य सामान खरिद गर्दै निःशुल्क खाना वितरण गर्ने कार्य चलाइरहेँ, जबसम्म कोरोनाको त्रास यथावत रहेको थियो । ‘हामी बारासम्म पुगेर अक्सिजन ग्यास लिएर आउँदै अस्पतालहरुमा वितरण गर्न पनि सफल भयौँ । काठमाडौंमा खालि भएका ग्यास सिलिण्डर लिएर ग्यास उत्पादन गर्ने कम्पनीसम्म पुगेर भरिएका सिलिण्डर ल्याउने काम पनि निरन्तर गर्न भ्यायौँ’, बोहराले भने । त्यसपछि अनामनगरमा ६५ रुपैयाँमा खाना खुवाउने काम शुरु गरे । दैनिक १ हजार २ सय जनासम्मलाई खाना खुवाएको बोहराले स्मरण गरे । त्यो काम १ वर्षजति चलेपछि रोकियो । 

अहिले उनी अनामनगरमै अर्नी भान्छा घर चलाउ छन् । बुबा वीरबहादुर बोहरासँग १० लाख रुपैयाँ लिएर चलाउन थालेको यो खाजा घरको विशेषता भनेको अर्गानिक फलफुल, तरकारी र खाना हो । यहाँ जुम्ला, हुम्ला, मुस्ताङ, रसुवासमेतका जिल्लामा उत्पादन हुने अर्गानिक स्याउ, आलु, केराजस्ता सिजनमा पाइने फलफुल, कोदो, मकै, फापर, जैं, उवा, मार्सी चामलको खाना, रोटी, मः मः, चाउमिनसमेत हो । यस्तै, घिउ, मह, सख्खर, चिया, कफीजस्ता उपभोग्य सामान पनि उपलब्ध हुने गरेको बोहराले बताए । ‘यहाँ शुद्ध त भन्न नसकेपनि ९० प्रतिशत अर्गानिक कृषि उत्पादन पाइन्छ, उत्पादन गर्ने समयमा किसानहरुले रासायनिक मल प्रयोग नगरेको दाबीअनुसार खरिद गर्दा पनि केही मात्रामा रासायनिक मल, विषादी प्रयोग भएको हुन सक्छ,’ बोहराले भने,‘९० प्रतिशत त अर्गानिक नै बिक्री गर्दै आएको छु ।’ बोहराले यी कृषि उपज अनलाईन सेवाबाट पनि घर - घरमा पु¥याउने गर्दै आएका छन् ।

धेरै पढिएको