रोल्पाका ४ बालबालिकाको मृत्युमा महासंघको गम्भिर ध्यानाकर्षण
Devil Singh Rajput
May-01 , 2020 तारिख 11:02 बिहान

रोल्पाका ४ बालबालिकाको मृत्युमा महासंघको गम्भिर ध्यानाकर्षण


काठमाडौं, १९ वैशाख- बेवारीसे अबस्थामा जंगलमा छोडिएको बमलाई खेलौना सम्झेर खेलाउदा बम विस्फोट भई रोल्पामा ४ जना बालबालिकाहरुको मृत्यू हुन गएको भन्दै बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  बैशाख १८ गते विहिवार राती प्रेस बिज्ञप्ती जारी गर्दै महासंघले घटना उपर छानबिन गरि यथार्थ  विवरण सार्वजनिक गर्न, दोशीलाई कार्वाही गर्न, मृतक बालबालिकाको परिवारलाई क्षतिपुर्ती दिलाउन, बेवारिसे बमहरु निस्कृय पार्न राज्य समक्ष जोडदार माग राखेको छ ।  त्यसो  त महासंघका अध्यक्ष मनोज कुमार कँडेलले भनेका छन् 'जुनयुद्धको नाम सिर्जिएको यस प्रकारको मान्छेहरु मर्ने खेलको जिम्मा प्रचण्ड बाबुराम र हाल माओबादीको राम्रो नराम्रो सबै पक्षको जिम्मा दिएकोले नेकपाले लिनुपर्छ र बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघको यसका लागि जोडदार माग राख्दछ' ।  

बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालद्वारा जारी प्रेस विज्ञप्ती-

 

                    प्रेस विज्ञप्ती
रोल्पामा ४ बालबालिकाको मृत्यु दुखद घटना महासंघको गम्भिर ध्यानाकर्षण


सर्बप्रथम रोल्पाको त्रिबेणी गाउँपालीकाको वडा न.ं ७ मा बेवारसे भनिएको बम बिस्फोट पश्चात ज्यान गुमाउन पुगेका सम्पूर्ण ४ जना बालबालिका प्रति हार्दिक श्रद्धान्जिली अर्पण गर्दछु र ति बालबालिकाको शोकाकुल परिबार प्रति धर्यधारन गर्ने शक्ती मिलोस भागवानसँग प्रार्थना गर्दछु ।

बेवारीसे अबस्थामा जंगलमा छोडिएको बमलाई खेलौना सम्झेर खेलाउदा बम विस्फोट भई ४ जना बालबालिकाहरुको मृत्यू हुन गएको यो घटना प्रति बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारलाई यस महासघ निम्नानुसार गर्न गराउनको लागी हार्दिक अनुरोध गर्दछु । 

१) यस सम्बन्धमा यथार्थता छानविन गरि राज्यको तर्फबाट यथार्थ विवरण जारी गर्न अनुरोध गर्दछु ।

२) कोरोनाको महामारीमा पिडित अबस्थामा रहेका ति ४ बालबालिकाको परिबारलाई बालबालिकाको काजकृयाको लागी आबश्यक आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्दछु ।

३) विगत १० बर्षे कथित जनयुद्धको दौरान वेवारीसे फालिएका बिस्फोटक पर्दाथहरुलाई खोजविन  गर्ने र तिनीहरुलाई निश्क्रिय बनाउने कार्यलाई तिब्रता दिइयोस । यस्तो अबस्था फेरी फेरी नदोहोरीनको लागी राज्य पूर्ण सचेत र सजक रहन अनुरोध गर्दछु ।

अध्यक्ष
मनोज कुमार कँडेल
बालबालिकाको निमित्त गैर सरकारी संस्था महासंघ नेपाल
बैशाख १८, २०७७

धेरै पढिएको