News Desk
परराष्ट्रमन्त्री शिशिर खनालले भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ। भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो।
भ्रमणका क्रममा मन्त्री खनाल र उहाँका भारतीय समकक्षीबीच शनिबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो। उक्त वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा क्षेत्र तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ र उन्नत बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ।
नयाँदिल्ली बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता समेत गर्नुभएको थियो।