News Desk
ललितपुर । ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा जेठ ३० गते ‘ चौथो ब्राइट फ्युचर एसईई कप फुटसल २०८२ ’ आयोजना हुने भएको छ । ललितपुर महानगरपालिका -२७, सुनाकोठीस्थित Wakhat Sunakothi Futsalमा आयोजना हुने छ ।
उक्त फुटसल प्रतियोगिताको विजेताले ३० हजार, उप - विजेताले १५ हजार, तेस्रोले ७ हजार र चौथो हुनेले ३ हजार नगदसहिद ट्रफी, मेडल र प्रमाण - पत्र प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले ट्रफी, प्रमाण - पत्र साथै विशेष पुरस्कार पाउने छन् । उक्त प्रतियोगिता नकआउटका आधारमा हुने छ ।
त्यसैगरी, भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा सहयोग पु¥याउने उद्देश्यले उत्कृष्ट १० जना खेलाडीहरुलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने कलेजका प्रमुख किशोर अधिकारीले बताए । यस्तै, उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरू कक्षा ११ मा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने अधिकारीले बताए ।